सशस्त्र प्रहरीका ४८ जना ईन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरेको छ ।

सोमबार प्रकाशित गरिएको सूचनाअनुसार ४८ जना ईन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा हुने पहिलो नम्बरमा केदारनाथ सापकोटा रहेका छन् । दोस्रोमा पुष्करबहादुर सिंह, तेस्रोमा सुरज पौडेल छन् ।

बढुवा सिफारिस हुनेमा चन्दसिंह महरा,तेजबहादुर जोरा, श्यामसुन्दर नान्जु, योगबहादुर थापा, हरिसिंह विष्ट, भानबहादुर कार्की, अजयकुमार थापा, गोकर्णराज भट्टराई, दिनेश पाठक, प्रकाश भट्ट, मोहन राई, सुजन कटुवाल, विजय थापा रहेका छन् ।

उत्तम बस्नेत, यूकेश उप्रेती, कमल थानी, खेमराज बोगटी, सुन्दर श्रेष्ठ, सुरेन्द्रबहादुर शाही, भुलबहादुर थापा, नमराज पुडासैनी, टीकाराम गौतम, प्रकाशकुमार ढकाल, बालकृष्ण महर्जन, ईश्वर कोइराला, चुनराज थापा, मनोज खड्का, कञ्चन थापा पनि बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिसमा पर्नेहरूमा सुमन चालिसे, सञ्जय रेग्मी, न्यूटन पुरी, माधव जोशी, राजुराम थापा, जीवनकुमार मल्ल, श्यामबाबु राय यादव, रोशन थापा, विनोद श्रेष्ठ, विश्वनाथ पोखरेल, शशांकध्वज कार्की, निरञ्जन नायजु, सुरेन्द्रराज खड्का, अपार प्याकुरेल, मनोज निरौला, सनदकुमार विष्ट र सुमन रानाभाट रहेका छन् ।

Published : Tuesday, 2025 August 5, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया