कुलिङ अफ पिरियडको छानविन प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सोमबार बसेको समितिको बैठकले प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । कुलिङ अफ पिरियडको प्रावधान निष्कृय पार्नमा प्रत्यक्ष जिम्मेवारीमा रहेकाहरू र त्यसलाई निष्कृय पार्न परोक्ष भूमिका खेल्नेहरूलाई जवाफदेही बनाउने गरी सहमति जुटेको बताइएको छ ।
समिति सभापति जीवन परियारले मिहिनेत गरेर प्रतिवेदन तयार पारिएको बताए । समितिमा सत्ता र प्रतिपक्षका सांसदहरूले सर्वसम्मतिले प्रतिवेदन पारित गरिएको जानकारी दिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन भएको थयो । समितिको सदस्यहरूमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया