सरस्वती टोलबाट जरायोको सिङ्गसहित दुई जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङ्ग ३ जोर (६ वटा) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले निरजको घर तलासी गर्दा सिङ्ग फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सव डिभिजन वन कार्यालय पथरी पठाइएको छ ।

Published : Monday, 2025 August 4, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया