मकवानपुरका दाहाललाई कलंकीबाट पक्राउ, ७८ लाखको कारोबार

काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका दाहाललाई शनिबार साँझ पक्राउ गरेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

दाहालले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपियाँभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

दाहाल उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2025 August 4, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया