सभामुख घिमिरेद्वारा पाँच दलका प्रमुख सचेतकहरुसँग परामर्श

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अधिवेशन र समितिका बैठकहरुको विषमया पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेले पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुसँग परामर्श गरेका हुन् । छलफलमा कानूनमन्त्री अजयकुमार चौरसियाको पनि उपस्थिति रहेको थियो । छलफलमा उपसभामुख ईन्दिरा राना मगरको पनि उपस्थिति रहेको थियो ।

रास्वपा, राप्रपासले संसदमा विभिन्न माग राखेर अबरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने प्रयास स्वरुप सभामुख घिमिरेले परामर्श गरेका हुन् ।

Published : Monday, 2025 August 4, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया