लामाद्वारा मुख्यमन्त्रीबाट राजीनामा, कांग्रेस नेता बानियाँले शपथ लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन र पार्टीभित्रको आन्तरिक सहमतिपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । आइतबार अबरेर राति लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले भने, ‘बागमती प्रदेशसभामा रहेका दुई ठुला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा २०८१ साउन ८ गते बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त भएको थिए।प्रदेश सरकार मार्फत गुणस्तरीय सेवा प्रवाह, सुशासन,दिगो विकास,नितिगत सुधार,समृद्धी र समुन्नतिको निम्ति अहोरात्र काम गरे ।’

लामाले भने, ‘पार्टीभित्रको आन्तरिक समस्या लगायत विविध कारणले मैले मुख्यमन्त्री पदवाट राजीनामा दिएको छु,’ लामाले भने, ‘यो अवधीभर साथ र सहयोग गर्नुहुने सत्ता पक्ष तथा प्रतिपक्षी दलका नेताहरु, मन्त्रीपरिषदका माननीय मन्त्रीहरु, प्रदेशसभाका माननीय सदस्यहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, पार्टीका नेता कार्यकर्ता साथीहरू, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार तथा सुरक्षाकर्मी मित्रहरू सचिवालयमा रहेर काम गर्नुहुने साथीहरू लगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईं सम्पूर्णप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु ।’

लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिन मानिरहेका थिएनन् । उनले विभिन्न बखेडा झिकेर मुख्यमन्त्री पदमा बस्न चाहे पनि कांग्रेसले अपदस्थ गर्ने थाहा पाएपछि हताहर हतारमा पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लामा सबैभन्दा धेरै आलोचित आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेका कारण भएका थिए । काफ्लेले बजेट बनाउने क्रममा सचिवलाई हातपात गर्ने, बजेट आफू खुसी वितरण गर्ने लगायतका गतिविधि गरेपछि मुख्यमन्त्री लामा विवादमा परेका थिए । त्यसपछि लामालाई मुख्यमन्त्रीबाट फाल्न कांग्रेसभित्रैबाट प्रयास भएको थियो ।

लामाले राजीनामा दिएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नेछन् । बानियाँले सोमबार मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नेछन् । सम्भवत सोमबार नै बानियाँले मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ ।

Published : Sunday, 2025 August 3, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया