समाचारमा भनिए जस्तो आरोपहरुमा सत्यता छैन : पूर्वअसई साह
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (असई) श्यामसुन्दर साहले आफूविरुद्ध रिपब्लिका दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै आरोपहरु समाचारमा लगाइएका आरोपहरु असत्य रहेको बताएका छन् ।
पूर्वअसई साहले आइतबार रिपब्लिका दैनिकलाई मेलबाट खण्डन पठाएर अवकासपछि आफू निजी व्यवसायमा संलग्न रहेको बताएका छन् ।
उनले भने, ‘उपरोक्त सम्न्धमा म श्याम सुन्दर साह, पूर्व प्रहरी सहायक निरीक्षक (असई), हाल निजि व्यवसायमा संलग्न एक स्वतन्त्र नागरिक, २०८२ साउन १० गते रिपब्लिका दैनिक नामक अनलाइन माध्यममा प्रकाशित भएको समाचारप्रति आफ्नो गम्भीर आपत्ति र खण्डन प्रस्तुत गर्न चाहन्छु ।’
‘उक्त समाचारमा ममाथि लगाइएका आरोपहरू– जस्तै प्रहरी प्रशासनको आडमा अवैध गतिविधिहरू सञ्चालन गर्नु, ठगी, हुण्डी, भन्सारछली, तस्करीको संरक्षण गर्नु, र अपराधी सञ्जालसँग मिलेर काम गर्नु– पूर्ण रूपमा निराधार, बेबुनियाद, कपोलकल्पित र नियोजित रूपमा मेरो व्यक्तिगत, पारिवारिक र सामाजिक प्रतिष्ठामाथि हमला गर्ने आशयसहित लेखिएको छ,’ साहले भनेका छन् ।
‘म स्पष्ट रूपमा जानकारी गराउन चाहन्छु कि म १७ महिनाअघि स्वेच्छाले प्रहरी सेवा त्याग गरिसकेको व्यक्ति हुँ, र हाल कुनै पनि सरकारी वा आपराधिक गतिविधिमा संलग्न नरहेको स्वतन्त्र नागरिक हुँ । पत्रकारले समाचार प्रकाशित गर्नु पूर्व मसँग सम्पर्क नगरेको, मेरो प्रतिकृया नलिएको, र कुनै प्रमाणसहित समाचार नलेखेपछि सो लेख एकतर्फी, पूर्वाग्रही र आचारसंहिताविपरीत भएको पुष्टि हुन्छ,’ उनले भने ।
‘यस खालको समाचारले न केवल मेरो सामाजिक छवि धुमिल पारेको छ, बरु मेरो परिवारमा गहिरो मानसिक पीडा, सामाजिक बहिष्कार र चरम अपमानको वातावरण सिर्जना गरेको छ,’ उनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया