शान्तिले गरिन् थारु आयोगमा अशान्तिको काम, कार्यबाहक अध्यक्षलाई थुनिन्
काठमाडौं । हाजिरीको विषयमा विवाद हुँदा थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूलाई कार्यकक्षभित्रै थुनिदिएकी छिन् ।
आइतबार कार्यवाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइदिएकी हुन् । ताला प्रहरीले खुलाएको छ ।
आयोगकी सदस्य मोदी एकहप्ताको बिदा लिएर एक महिना गायब भएकी थिइन् । अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै मोदीले ढोकामा ताला लगाएकी हुन् ।
Published : Sunday, 2025 August 3, 9:42 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया