घूसको अडियोमा मुछिएका एमाले नेता लामालाई कारबाही

पोखरा । घूसको अडियो प्रकरणमा जोडिएका एमालेका नेता सुजन लामालाई पार्टीले कारबाही गरेको छ ।

लामालाई एमालेको गण्डकी प्रदेश कमिटीले सदस्यबाट निलम्बन गरेको छ । पोखराको लिचीबारी हडप्ने प्रपञ्च गरिएको काण्डमा लामा मुछिएका थिए ।

बिचौलिया भनिएका लामालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिएको सचिव धनञ्जय दवाडीले बताए । पोखराको बाटुलेचौरमा रहेको करिब १३५ रोपनी जग्गा हडप्न बिचौलयाको काम गरिएको आरोप लागेपछि उनलाई निलम्बन गरिएको हो । लामा एमाले गण्डकीको सल्लाहकार परिषद् सदस्य हुन् ।

लामासँगै निजामती कर्मचारी के. गिरीलाई पार्टीले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घूस डिल गरेको अडिओ सार्वजनिक भएपछि निलम्बन गरिएको सचिव दवाडीले बताएका छन् ।

Published : Sunday, 2025 August 3, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया