बद्रीलाललाई युनाइट नेपालको चेस उपाधि
काठमाडौं । सिनियर चेस खेलाडी मोहनसिंह प्रधानको प्रायोजनमा ५० वर्षमाथिका बयालीस प्रतिस्पर्धी राष्ट्रिय खेलाडीहरुबीच एकदिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौंको शंखमूलस्थित नेचर हर्बस् सभाहलमा सञ्चालन भएको ७ चरणको खेलमा तीनपटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले उपाधि जित्न सफल भएका छन् । समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ललितपुरका बद्रीलाल नेपालीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका छन् ।
प्रतिस्पर्धामा भक्तपुर जिल्लाका द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने पुरुषोत्तम दुवाल र राजेश कक्षपतिलाई नगद पुरस्कारले सम्मान गरेका छन् ।
स्पर्धामा दशौँ स्थानसम्म प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको कार्यक्रममा ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाडौंका सीएम भगवती प्रसाद शर्मा पाँचौं भए ।
छैठौँ र सातौं स्थानमा भक्तपुरका गणेशमान दुवाल, जगन्नाथ ताम्राकार, काठमाडौंका आशा नारायण लवट आठौँ, काठमाडौंका महेश्वरलाल डंगोल नवौं र जनार्दन श्रेष्ठ दशौं स्थानमा रहे ।
यसैगरी ६० वर्षमाथिको उत्कृष्ट खेलाडी पूर्वनेपाल च्याम्पियन सिएमए नवीन तण्डुकार, उत्कृष्ट २५औँ झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिरहाका राजनारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका थिए । भक्तपुरका आईए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया