रविन्द्रद्वारा भारतीय फाइटर नकआउट, जिते एमएमएको उपाधि (भिडियो)

नोएडा । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन् ।

शनिबार राति भारतको नोएडामा भएको प्रतिस्पर्धामा रविन्द्रले प्रतिस्पर्धीलाई नकआउट गर्दै उपाधि जितेका हुन् ।

एमएमए फाइटर रविन्द्रले म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गरेका छन् ।

रविन्द्रले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । रविन्द्रले कोरेनलाई नोएडामा हराएसँग रविन्द्रको यो प्रोफेसनल फाइटमा नवौं जित हो ।

जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।

Published : Sunday, 2025 August 3, 8:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया