कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान

काठमाडौं । नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस परिसरमा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले रक्तदान गर्नेहरूलाई धन्यवाद दिएका छन् । उनले रक्तदाताहरूप्रति अभार प्रकट गरेका छन् ।

काठमाडौं उपत्यकामा रगत अभाव भैरहेका बेला कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले रक्तदानको कार्यक्रम गरेको छ ।

रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको गुल्मी–काठमाडौं सम्पर्क समितिका सभापति कृष्ण खरेलले बताएका छन् ।

रक्तदान कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू, विद्यार्थी, शिक्षक लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ३३ जना व्यक्तिहरूले रक्तदान गरेका छन् ।

Published : Saturday, 2025 August 2, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया