कांग्रेसको बदनाम गराएपछि चौतर्फी एक्लिएका लामा मुख्यमन्त्रीबाट राजीनामा दिन तयार
काठमाडौं । चौतर्फी दवाव परेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।
शनिबार सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई पार्टीका साथीहरूसँग सरसल्लाह गरेर राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि लामा लचक भएका हुन् । लामाले राजीनामा दिँदा आफ्ना ३ जना मन्त्रीहरू बनाइदिनुपर्ने सर्त राखेका छन् । लामाको सर्तलाई बिचार गर्ने भन्ने सहमति भए पनि मान्नुपर्ने बाध्यता छैन । राजीनामा दिन लामाले अटेर गरेर विभिन्न बखेडा गरे भने विधि र प्रक्रिया अनुसार हटाउनुपर्ने बाध्यता आउनेछ ।
मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा दिने सहमति बनेको छ । मुख्यमन्त्री लामा र नेपाली कांग्रेस बागमती संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँबीच सम्वाद भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया