राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेट गरेका छन् ।

शनिबार शीतलनिवामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले सरकारको कामकारबाही र विविध विषयमा जानकारी गराएको बुझिएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीचको भेटवार्तालाई प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भेट भनेको छ ।

Published : Saturday, 2025 August 2, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया