कांग्रेस उपसभापति गुरुङद्वारा देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त, परिवारजनप्रति समवेदना प्रकट

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतृशोकमा रहेका सांसद हृदयराम थानीलाई भेट गरेर समवेदना प्रकट गरेका छन् ।

शनिबार सुर्खेतस्थित निवासमा पुगेर उपसभापति गुरुङले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । उनले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

देवी थानीको श्रावण ११ गते काठमाडौंमा निधन भएको थियो । देवी थानीको अन्तिम दाहासंस्कार गृहजिल्ला सुर्खेतमा नै गरिएको थियो ।

स्व.देवी थानी नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष भवानी थानीकी आमा र सेन्टर फर डेमोक्रटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष ई.उमेश थानीकी हजुरआमा हुन् ।

Published : Saturday, 2025 August 2, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया