काठमाडौंमा ५ क्वीन्टल काजुसहित दुई जना नियन्त्रण
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै ५ क्वीन्टल काजुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
साउन १५ गते राति १० बजे ४ सय ८३ किलो काजुसहित धादिङको गल्छी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २४ का रामबहादुर बिसुन्के र धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष २४ का आर्यन साहलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुलदीप चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. १३ चक्कुमार्गस्थित बा ८ च ६६ नम्बरको गाडीलाई चेकजाँदा गर्दा बिल बिजक नरहेको ४८३ किलो काजु बरामद गरिएको एसपी चन्दले बताए ।
बरामद भएको काजुको हालको बजार भाउ ५ लाख २७ हजार ९ सय रहेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काजु नियन्त्रणमा लिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया