महानिर्देशक अधिकारीद्वारा समाचारहरूको खण्डन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रिपब्लिका दैनिकमा प्रकाशित भएका विभिन्न शीर्षकका समाचारहरू ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार महानिर्देशक अधिकारीले सचिवालयका उपप्रवन्धक ई.विष्णुप्रसाद पौडेलद्वारा हस्ताक्षर गरेर खण्डन पठाइ समाचारहरूको खण्डन गरेका हुन् । अधिकारीले भने, ‘विभिन्न भ्रामक शीर्षकहरू राखी धाराबाहिक रुपमा प्रकाशित समाचार सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरितको तथ्यहीन, भ्रामक, कपोकल्पित र झुठ्ठा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘उक्त समाचारले आम जनमानसमा भ्रम पर्न जानुका साथै व्यक्तिगत चरित्र र संस्थाको महानिर्देशक पदको मर्यादामा समेत आँच आउने साथै प्राधिकरामा कार्यरत अन्य कर्मचारीहरूलाई समेत जोडेर हुने यस्ता दुस्प्रचारले कर्मचारीहरूको मनोवल घट्न गई कार्यालयको काममा समेत बाधा पुग्ने र कर्मचारीहरूको व्यक्तगत आत्मसम्मानमा समेत ठेस पुग्न जाने हुन्छ,’ महानिर्देशक अधिकारीले भने ।
उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यू एवम् पूर्व मन्त्री माननीय सांसद समेतको मर्यादामा आँच आउने र विवादमा ल्याउने गरी प्रकाशित यस्ता समाचार झुठ्ठा भएको व्यहोरो बुँदाहरूमार्फत खण्डन गरिएको छ ।’
उनले भने, ‘तहाँ मिडियामा प्रकाशित समाचार र आरोपका सम्बन्धमा प्रतिक्रिया लिनका लागि कार्यालय समयमा प्राधिकरणको प्रधान कार्यालयमा सप्रमाण आउन समेत आग्रह गर्दछु, अन्यथा सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरित यस्ता निराधार, कपोकल्पित मनगढन्ते समाचार सम्प्रेषण नगर्न र नगराउन तहाँ मिडियाको श्रीमान् महानिर्देशकज्यूको निर्देशानुसार ध्यानाकर्षण गराउँछु ।’
उनले भने, ‘पोखराको झण्डै १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस प्रदीपले दिए आफूविरुद्ध समाचार लेख्ने अनलाइनलाई धम्की शीर्षकमा र १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस प्रदीपको पालामा ठूला ७ हवाई दुर्घटना, जिम्मेवारी लिन अस्वीकार शीर्षकमा प्रकाशित समाचार सरासर गलत रहेको र कुनै पनि अनलाइनलाई धम्की नदिइएको र अन्य मिडियामा दिएको अवार्ताको विषयवस्तुसंग जोडेर शीर्षक नै भ्रमपूर्ण र मिथ्या राखी आम जनमानसमा भ्रम छर्ने गरी कपोलकल्पित र मनगढन्ते विषय उठान गरिएको छ । जसको कुनै प्रमाण र स्रोत खुलाउन सकेको छैन । यस्ता अर्नगल भ्रम छर्ने गरी पत्रकारिताका नाममा आफ्नो हैसियत विर्सिएर प्रमाण विहिन समाचार प्रकाशित भएको ।’
खण्डनमा उनले भने, ‘सरुवा गर्ने भन्ने विषय नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारीहरुका सेवाका शर्त र सुविधा सम्बन्धी
नियमावली, २०५६ बमोजिम महानिर्देशको निर्णय बमोजिम हुने भएकोले सोही बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा सरुवालाई अनर्गल प्रचार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री तथा उहाँका स्वकीय सचिव समेतलाई जोडी भ्रम छर्ने गरी पत्रकारिताकाको सामान्य सिद्धान्त विपरीत एउटा संस्था र व्यक्तिका विरुद्ध निरन्तर लाग्नु नैतिकता विपरीत प्रमाण विहिन समाचार प्रकाशित भएको तहाँ मिडियाले मिथ्या र भ्रमपूर्ण समाचार प्रकाशन गर्ने श्रृखलाको रुपमा धाराबाहिक रुपमा प्रकाशन गरेका केही समाचार शीर्षकहरु मध्ये मिति २०८२/०२/२४ गते १५ अर्वमा डामिएका प्रदीपद्वारा २ अर्ब २२ करोड कर घोटलामा मन्त्री र बोर्डलाई फसाउने बुलेटप्रुफ प्लान, मध्ये मिति २०८२/०२/१५ गते विमानस्थल सुरक्षा र भिजिट भिसामा प्रदीप–जगन्नाथसंग बयान लिन माग, गृहमन्त्री बने भिक्टिम, मिति २०८२/०२/१३ गते पोखरा १५ अर्व घोटलाका ठूलो माछाहरुलाई निलम्बन गर्न सरकारलाई पत्र, बद्री–योगेश–मनीषलाई झट्का, मिति २०८२/०२/०८ गते विषयः पोखरा विमानस्थल भ्रष्टाचारभित्र लुकेका तथ्य, नाइकेका कर्तुत, मिति २०८२/०२/०४ गते पोखरा १५ अर्व घोटलामा मुछिएका प्रदीपको प्वाँख काटिने बेला आयो, विधेयकहरु समितिमा सर्वसम्मत गए, मिति २०८२/०१/३१ गते पोखरा १५ अर्व घोटलाका नाइके प्रदीपका गुरु को ? भैरहवा २३ अर्ब घोटलामा योगेश मुछिए मिति २०८२/०१/३० गते प्रदीप–जगन्नाथले ध्वस्त बनाएको विमानस्थलमा नागरिक बनेर यात्रा गर्न प्रधानमन्त्री र मन्त्रीलाई आग्रह शीर्षकमा प्रकाशित समाचारहरु र यी समाचार भित्र प्रयोग गरेका शब्द अत्यन्तै निकृष्ट, निन्दनीय र खेत जनक भएको हुँदा बिना प्रमाण सार्वजनिक मिडियाले त्यस्ता आपत्तिजनक शब्द प्रयोग गर्नु पत्रकारिताको मर्म विपरीत संचार माध्यमलाई दुरुपयोग गरी आफ्नो कस्सित मनाषाय पुरा गर्ने अभिलाषामा साथ कपोलकल्पित समाचार प्रकाशित गरी जनतामा भ्रामक र अफवाह फैलाउने कार्य भएको ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया