शेरबहादुर देउवाज्यूको कारण कमैयाहरूले मुक्ति पाए, स्वतन्त्रता दिलाउनुभयो : योगेन्द्र चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरीले सभापति शेरबहादुर देउवाले थारु समुदायमा रहेको कमैयाप्रथाको उन्मूलनका लागि प्रशंसनीय कार्य गरेको बताएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा थारु विभागले आयोजना गरेको कार्यक्रममा चौधरीले भने, ‘सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु । उच्च सम्मान व्यक्त गर्न चाहन्छु । जसको कारणले जसको सक्रियताले २१औँ शताब्दीमा पनि थारु समाजमा रहेको मध्ययुगिन समाजको झल्को आउने गरी रहेको कमैया मुक्ति आन्दोलनमा आफ्नो सहभागिता जनाउनु भयो । लाखौँ, हजारौँ थारुहरूलाई थारुहरूको परिवारलाई स्वतन्त्रता दिलाउनुभयो ।’
एक मधेश एक प्रदेशको नारालाई पनि थारुहरूले ब्रेक गरिदिएका नेता चौधरीले बताए । उनले भने, ‘लोकतान्त्रिक यात्रासँगै २०७२ सालको संविधान जारी गरे पश्चात, यो संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा जारी भयो । संविधान जारी भएर आज आफ्नो पहिचानको निम्ति संकटबाट गुज्रिरहेको थारुहरू जसलाई जबरजस्त मधेश एक प्रदेश बनाउने थारुहरू मधेशी हुन् भन्ने कुरा स्थापित गर्न खोजिदै थियो । थारुहरूले त्यसको प्रतिवाद गर्यो । मधेश एक प्रदेश हुनबाट रोक्यो । यो मुलुकको राष्ट्रिय अखण्डताबाट पनि जोडिएको विषय हो ।’
उनले थारुहरूलाई कांग्रेसले राजनीतिमा अवसर दिनुपर्ने बताए । ‘यो देशमा थारुहरूप्रति थारुको आवश्यक्ता थारुहरूको भूमिकाप्रति नजरअन्दाज भयो की ? भन्ने विषयमा थारुहरूको चित्त दुखाइ छ,’ चौधरीले भने, ‘थारुहरूको जहाँ बसोबास छ त्यो क्षेत्रमा थारुहरूले मधेश एक प्रदेशसँग घाँटी जोडेर हिँड्न थाले भने मुलुक कहाँ पुग्छ ?’
‘थारुहरूलाई गरिबी र विपन्नमा राख्नु हुँदैन । थारुहरूलाई बेरोजगारीमा राख्नु हुँदैन । यो समाजलाई अन्य समाजमा जस्तै माथि उठाएर उनीहरूको समान हैसियत बनाएर उठाउने नेपाली कांग्रेस हो । नेपाली कांग्रेसले सक्छ भन्ने भरोसा अटुट छ । त्यसैले हामी नेपाली कांग्रेसमा छौँ । नेपाली कांग्रेसले थारुहरूप्रति जति न्याय गर्नुपर्ने त्यति न्याय गरेको छ ? थारुहरूको कांग्रेससँग लामो ईतिहाँस जोडिएको छ,’ उनले भने ।
‘परशुनारायण चौधरीदेखि राधाकृष्ण थारुसम्मको ईतिहाँस जोड्ने हो भने श्रृङ्खलाबद्ध रुपमा थारुहरू धेरै लामो समयदेखि नेपाली कांग्रेससँग जोडिएका छन् । कांग्रेसभित्र थारुहरूलाई न्यायोचित अवसर प्रदान गरेको देखिदैन । यद्यपि, नेपाली कांग्रेस अन्य दलहरूभन्दा धेरै समावेशी छ,’ कांग्रेस नेता चौधरीले भने ।
‘सभापति शेरबहादुर देउवाका कारण थारुहरू निर्णय प्रक्रियामा सहभागी हुन पाएका छन्,’ चौधरीले भने, ‘कतिपय ठाउँमा जातीवादको नाराले थारुहरूलाई दिग्भ्रमित बनाउँछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया