धर्मपरिवर्तनका घटनाहरू बढ्दै, अनुसन्धान गरी कारबाहर होस् : कांग्रेस नेता शाह
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले भारतका साथै नेपालमा पनि धर्मपरिवर्तनका घटनाहरू बढेको भन्दै चिन्ता जनाएका छन् ।
शुक्रबार पूर्वसांसद शाहले प्रेस विज्ञप्ति जारी गरेर नेपाल–भारत सिमाना जोडिएका जिल्लाहरूमा केही गिरोहहरूले धर्मपरिवर्तनको कार्यलाई तिब्र रुपमा अगाडि बढाइरहेको बताए । उनले त्यस्ता उछृङ्खल तत्वलाई नेपाल र भारतले संयुक्त छानबिन समिति गठन गरेर धर्मपरिवर्तनका घटनाको गम्भीर रुपमा छानबिनको माग गरेका छन् ।
पूर्वसांसद शाहले भने, ‘नेपालका विभिन्न ठाउँमा धर्मपरिवर्तनका घटनाहरू बढ्दै गएकाले वर्तमान अवस्थामा भारतमा भइरहेका गतिविधि र बाहिर आइरहेका रिपोर्टलाई नजरअन्दाज गर्न नमिल्ने भएकाले भारतीय सीमासँग सटेका जिल्ला लगायत धर्मपरिवर्तनमा सक्रिय रहेका पहाडी जिल्लामा समेत राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी आवश्यक कार्यवाही गर्न नेपाल सरकारसँग आग्रह गर्दछु ।’
सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दु धर्मकी चेलीबेटीलाई आर्थिक प्रलोभन, जागिर, गरिबी, विदेश पठाउने लगायतका प्रलोभनमा पारेर धर्मान्तरण गरिरहेको समाचार विभिन्न सञ्चारमाध्यममा छ्यापछ्यापी आइरहेको भन्दै पूर्वसांसद शाहले चिन्ता जनाएका छन् ।
‘हाम्रो समाजमा व्याप्त धर्मपरिवर्तनका घटनाहरू सामाजिक संरचना, मानसम्मानका कारण पनि बाहिर आउन नसकेकाले अपराधिक मानसिकताका धर्मपरिवर्तनहरू सल्बलाइरहेका छन् । त्यस्ता असामाजिक तत्वहरूले गर्दा तिनकै धर्म र अनुयायी समेत बदनाम भइरहेका छन् । मैले प्रतिष्ठित व्यक्तिहरूलाई लक्षित नगरी धर्मान्तरणमा संलग्न अपराधिक तत्वहरूलाई मात्र कानूनी दायरामा ल्याउन मिडियामा आफ्नो वक्तव्य दिएको छु,’ कांग्रेस नेता शाहले भने ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया