ओखलढुङ्गाको कोदो र अर्गानिक उत्पादन काठमाडौंका डिपार्टमेन्टल स्टोरहरूमा राख्नुपर्छ : सभापति खतिवडा

रुम्जाटार । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कोदो र कोदोको उत्पादनहरू काठमाडौंसहित विदेश निर्यात गर्न सकियो भने ओखलढुङ्गाका जनताको आर्थिक अवस्थामा सुधार गर्न सकिने बताएका छन् ।

शुक्रबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले रुम्जाटारमा कोदो दिवस २०८२ का अवसरमा आयोजना गरेको कार्यक्रममा खतिवडाले ओखलढुङ्गाको अर्गानिक उत्पादनहरू काठमाडौंको डिपार्टमेन्टल स्टारहरूमा पाउने व्यवस्था हुनुपर्ने बताए ।

उनले भने, ‘स्थानीय उपत्पादन समयमा उत्पादन गरेर सबै ठाउँमा पुर्‍याउन सकियो भने त्योभन्दा ठूलो उपलब्ध अरु केही हुन सक्दैन । मानिसहरू अर्गानिक खानको लागि विदेशदेखि सबै ठाउँदेखि नेपालमा आउने प्रचलन भएको छ ।’

‘कोदो भनेको यस्तो चिज हो जसले धेरै नसर्ने रोगहरू यो खानाले मानिसलाई सहयोग गरेको छ,’ खतिवडाले भने, ‘सिंचाइको अभाव भएको ठाउँमा पनि कोदो विशेष रुपले उत्पादन हुन्छ । ’

‘कोदोको उत्पादन पहाडी क्षेत्रमा मात्रै होइन, तराईका जिल्लामा गर्न सकिने विज्ञहरूले बताउने गरेका छन्,’ सभापति खतिवडाले भने ।

‘कोदोको राम्रो उत्पादन भयो भने निवासी गरेर समग्र जिल्लाले फाइला लिनुपर्छ । किसानहरूले अर्गानिक खेती गरेर उत्पादन दिन सक्नुभयो भने त्यसबाट ठूलो उपलब्धी हुन्छ,’ कांग्रेस सांसद खतिवडाले भने ।

‘धेरै वर्षदेखि रोकिएको रुम्जाटारको प्लेनको उडान हामीले सुचारु गरेका छौँ,’ खतिवडाले भने, ‘हामीले राम्रो उत्पादन गरेर प्रत्यके प्लेनमा कमसेकम केही अर्गानिक सामग्रीहरू काठमाडौं पठाउने र त्यसलाई अन्त लैजान सकियो भने त्यसको महत्व बढ्नेछ । काठमाडौंका डिपार्टमेन्टल स्टोरहरूमा ओखलढुंगाका सामान पाइनेछन् ।’

सभापति खतिवडाले ओखलढुङ्ग जिल्लाको पहिचानको रुपमा चिनिएको रुम्जाटार कुनै बेला राडीपाखीको रुपमा मात्रै होइन ओखलढुङ्गाको उत्पादनमा कोदोको उत्पादनमा सबैभन्दा बढी प्रख्यातका रुपमा चिनिएको बताए ।

उनले भने, ‘हिजाको दिनमा चिनिएको रुम्जाटार एउटा वडाको रुपमा मात्र होइन देशव्यापी रुपमा हामी सबैको सुन्दर ठाउँ भनेर चिनिएको रुम्जाटारमा पहिलो पटक नगरपालिकाले कोदो दिवस मनाउने कार्यक्रम शुभारम्भ गरेको छ ।’

Published : Friday, 2025 August 1, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया