हेमबहादुरको नेतृत्वमा जुम्ला तरुण दल सर्वसम्मत, अधिवेशन पूरा गर्ने पहिलो जिल्ला बन्यो

जुम्ला । नेपाल तरुण दल, जुम्लाको ५औँ अधिवेशनबाट हेमबहादुर बुडथापाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

साउन १५ गते सम्पन्न अधिवेशनबाट हेमबहादुर बुढा थापा अध्यक्षमा सर्वसम्मत चयन भएको हो । उपाध्यक्षद्वयमा रतनबहादुर शाही र माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलबहादुर बोहरा, कोषाध्यक्षमा घनश्याम थापा चयन भएका छन् ।

पार्षदमा घनश्याम थापा, जगतबहादुर शाही, चद्रिका बस्नेत, सञ्जिव रावल, सुमन खड्का, पविता महतारा, गोमा नगरकोटी, भरतबहादुर शाही, राजेन्द्र श्रेष्ठ, भैरवबहादुर सिकर्मी, कमल बस्नेत, विकाश शाही, सुनदेवी सञ्ज्याल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा विशाल चौलागाईं, शेरबहादुर रावत, लोकबहादुर शाही, मनोज अधिकारी, ममता बोहरा, निर्मला शाही, देवीचन्द्र घराला, लक्ष्मीप्रसाद सञ्ज्याल, पाल्भोर लामा, भरत नेपाली, जनेबहादुर धामी र जनक भट्ट नि सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत भक्तबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुम्ला तरुण दलको अधिवेशन उद्घाटनका लागि नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ जुम्ला गएका थिए । जुम्ला तरुण दलले कार्यसमिति सर्वसम्मत चयन गरेर सकारात्मक सन्देश दिएको छ । जिल्ला अधिवेशन सफलताका साथ पूरा गर्ने जम्ला तरुण दल पहिलो बनेको छ ।

Published : Thursday, 2025 July 31, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया