सिन्धुली-काठमाडौं कांग्रेसको भेटघाट तथा खिर खाने कार्यक्रम, केन्द्रीय नेताहरू सहभागी (तस्बिर)
काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले भेटघाट तथा खिर खाने कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार नयाँ बानेश्वरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बोलाएर खिर खुवाउनुका साथै भेटघाटको कार्यक्रम राखिएको थियो । कार्यक्रममा सिन्धुलीबाट काठमाडौंमा आइ बसोबास गर्ने, विभिन्न पेशा व्यवसाय, अध्ययन, राजनीति लगायतका कार्यमा संलग्नहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङ, सांसद अर्जु नरसिंह केसी, प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सह–महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्य कल्याण गुरुङ, नैनसिंह महर, धना खतिवडा पूर्वसांसद रंगमती शाही लगायतको उपस्थिति रहेको थियो ।







बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया