सभापति देउवासँग नाउपाका संरक्षक चौधरीद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले भेट गरेका छन् ।

बिहीबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग संरक्षक चौधरीले भेट गरेका हुन् । देउवा र चौधरीबीच समग्र राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद बढेका बेला संरक्षक चौधरीले सभापति देउवासँग भेट गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि अध्यक्ष पदबाट हटाएको छ ।

Published : Thursday, 2025 July 31, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया