लेखक गृहमन्त्री भएपछि लागुऔषध नियन्त्रणमा कडाइ, ८ हजार पक्राउ, बरामद हालसम्मकै उच्च
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याए । जसमा पहिलो थियो, लागुऔषधको अवैध कारोबार र ओसार पसार । लागुऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभरि नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे ।
काठमाडौं उपत्यकामा लागुऔषधविरुद्ध प्रहरीको महाअभियान नै सञ्चालनमा छभने गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागुऔषधविरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् ।
मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएका गृहमन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ ।
गृहमन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागुऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्षभन्दा १ हजार २ सय १ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए ।
गत आर्थिक वर्ष २०८१/०८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
सो अवधिमा लागुऔषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ ।
एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठूलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ ।
अघिल्लो आर्थिक वर्षभन्दा गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै ७ किलोग्राम बिगतभन्दा बढी बरामद भएको ब्यूरोको तथ्याङ्कबाट देखिन्छ ।
ब्यूरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषध सम्वन्धी ४ हजार १ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो ।
गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण तथा अवैध ओसार पसारलाई नियन्त्रण उच्च प्राथमिकता मै रहेका कारण सफलता हासिल हुँदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइम लगायत अपराधिक घटनाका पछाडि पनि लागुऔषध प्रयोग एउटा कारकका रुपमा देखिएको ब्यूरोको भनाई छ ।
खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका अन्य लागुऔषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ । कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरूविरुद्ध मुद्दा चलाउँदै आएको छभने लागुऔषध नियन्त्रण ब्यूरो र मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । ब्यूरोको विवरण अनुसार पनि गत आर्थिक वर्षमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक वर्षमा ब्यूरोले ११ सय ९३ जनाविरुद्ध मुद्दा चलाएको थियो । आर्थिक वर्ष २०७९/०८० मा ब्यूरोले ९ सय ३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । विवरण अनुसार ब्यूरोको सक्रियता बढेकै कारण अभियुक्तहरू पक्राउ पर्ने क्रम बढेको छ ।
उता, सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरीले लागुऔषध कारोबार तथा ओसार पसारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले ‘नशा रहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरीले यो अवधिमा ठूलो मात्रामा लागुऔषध समेत सिमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया