नेपालीको पनि हत्या भएको पहलगाम घटनाका आतंकवादीहरू सबैलाई भारतले मारिदियो

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहले कस्मिरमा सोमबार मारिएका तीन हतियारधारी अप्रिलमा पहलगाममाथि भएको पर्यटकको आक्रमणमा संलग्न आतंकवादी भएको बताएका छन् ।

श्रीनगरको बाहिरी भागमा सेना, अर्धसैनिक र प्रहरीको संयुक्त कारबाहीमा हतियारधारी संदिग्धहरू मारिएको शाहले बताए । सोमबार श्रीनगरबाट लगभग ३० किलोमिटर टाढा दाचिगामको पहाडी भेगमा सेनाले विशेष अप्रेसन चलाएको भारतीय सेनाले विज्ञप्तिमार्फत भनेको छ । ‘म संसद्लाई जानकरी गराउन चाहन्छु कि बैसरनको आक्रमणमा तीनजना आतंककारी संलग्न थिए, अहिले ती तीनैजना मारिएका छन्,’ शाहले अप्रिल २२ मा २६ जना पर्यटक मारिएको पहलगाम नजिकैको क्षेत्र बैसरनलाई उल्लेख गर्दै संसदलाई भने । पहलगाम आक्रमणमा एकजना नेपालीको पनि हत्या भएको थियो ।

अप्रिल २२ को गोली हानी मारिएका २६ जना मुख्यतः हिन्दु पर्यटक थिए । भारतले अप्रिल २२ को आक्रमणमा संलग्न आक्रमणकारीलाई पाकिस्तानको सहयोग रहेको आरोप लगाएको थियो ।

Published : Wednesday, 2025 July 30, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया