कांग्रेससहितका दलका सांसदहरूलाई भाजपा मुख्यालयमा स्वागत
काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली सांसदहरूको प्रतिनिधिमण्डलका सदस्यहरूले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयको भ्रमण गरेका छन् ।
सोमबार नयाँ दिल्लीस्थित भाजपाका राष्ट्रिय सह–संगठनका महासचिव शिव प्रकाशले पार्टीको सांगठनिक विचारधारा र संरचनाबारे जानकारी गराएका छन् ।
नेपाली सांसदहरूको भ्रमण टोलीमा सञ्जय गौतम, रामकृष्ण यादव, सरिता प्रसाईं, राजेन्द्र पाण्डे, अब्दुल खान लगायत रहेका छन् ।
भारत सरकारका राज्यमन्त्री अजय टमटा, भाजपाका सांसद डा.सञ्जय जायसवाल, डा.सतीश द्विवेदी र भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेको पनि उपस्थिति रहेको थियो ।
Published : Tuesday, 2025 July 29, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया