घमण्डले मुख्यमन्त्रीले गुमाए संसदीय दलको नेता पद, राजीनामा नदिए अझै क्षति हुने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता पद गुमाएका छन् ।
मंगलबार हेटौँडास्थित प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् ।
नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका सांसद ईन्द्रबहादुर बानियाँको पक्षमा बहुमत पुगेको छ । बानियाँको पक्षमा २२ सांसद देखिएका छन् ।
बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका छन् । खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका छन् ।
यसअघि साउन ९ गते प्रदेशका ४ मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । संसदीय दलको नेतामा पराजित भएपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।
बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने बताएका छन् । ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन,’ लामाले भने, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो ।’
उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
मुख्यमन्त्री लामाले आफूमाथि पार्टीभित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको बताएका छन् । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको लामाले बताए ।
संसदीय दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा राजीनामा दिन्न भनेर बबाल गरिरहेका छन् । पार्टी नेतृत्वको निर्देशन विपरित कार्य गर्दै आएका लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएनन् भने अझै क्षति व्यहोर्नुपर्ने पक्का छ ।
लामाले भने, ‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ ।’
मुख्यमन्त्री लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’
मुख्यमन्त्री लामाले आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको बताएका छन् । मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मतमात्रै परेको थियो । विपक्षमा २२ मत परेको थियो ।
लामाले भने, ‘मुख्यमन्त्री त फेर्नै सक्दैन । दलको नेता भएर हो । कोलेसन गभरमेन्ट हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
मुख्यमन्त्री लामाले भने, ‘संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ । कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ ।’
विश्वासको मतको पक्षमा समर्थन गर्ने सांसदहरूमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ रहेका छन् ।
विश्वासको मतको विपक्षमा समर्थन गर्ने सांसदहरूमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी रहेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया