यस कारण शेरबहादुर देउवा नेपाली राजनीतिका महानायक

बिक्रमसिंह थापा, नेता, नेपाली कांग्रेस

महामानव वीपी कोइरालाको आदर्श र सिद्धान्तमा आधारित नेपाली कांग्रेसलाई जनताको मन र मस्तिष्क जित्न (battle of winning heart and mind of people) चार महत्वपूर्ण आधारस्तम्भहरूलाई प्रभावकारी ढङ्गले प्रयोग गर्नु आवश्यक छ । रणनीति, योजना, दूरदर्शिता र लक्ष्य,

१. दूरदर्शिता : नयाँ युगको सपना

दूरदर्शिता पार्टी निर्माणमा भविष्यको मानसिक चित्र हो । यो त्यो सोँच हो जुन तत्काल साकार नभए पनि आउँदा दिनमा प्राप्त गर्न सकिन्छ । यसले हामीभित्रका ती तत्वहरू उजागर गर्छ जुन हामीलाई चाहेको लक्ष्यतर्फ डो¥याउँछ । यसले हामीमा उद्देश्यको भावना भरिदिन्छ । सुधार तथा विकास गर्ने प्रेरणा दिन्छ ।

नेपाली कांग्रेस कपिलवस्तु अबको ५, १० र २० वर्षमा आफूलाई कहाँ देख्न चाहन्छ भन्ने स्पष्ट दृष्टिकोण बनाउन आवश्यक छ । जुन प्रकारले एक वास्तुकारले नयाँ भवन बनाउँदाको सपना देख्छ, त्यसरी नै कांग्रेसले पनि भविष्यको योजनाको कल्पना र निर्माण गर्नुपर्छ । छोटो, मध्य र दीर्घकालीन लक्ष्यका लागि हिँड्नुपर्छ ।

दूरदर्शी कार्यहरू

समावेशी, समान र न्यायपूर्ण समाज निर्माणको प्रतिबद्धता आवश्यक छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको सुदृढ अभ्यास हुनुपर्छ । युवापुस्तालाई नेतृत्वमा ल्याउने वातावरण बनाउनुपर्छ । वैज्ञानिक सोँच, नवप्रवर्तन र डिजिटल लोकतन्त्रको अंगिकार गर्नुपर्ने हुन्छ ।

२. रणनीति : उद्देश्यमा पुग्ने मार्गचित्र

रणनीति निश्चित उद्देश्यहरू प्राप्त गर्नका लागि बनाइने दीर्घकालीन कार्ययोजना हो । नेपाली कांग्रेसको रणनीति यथार्थपरक, समावेशी र सशक्त हुनुपर्छ । रणनीति न केवल चुनाव जित्ने औजार हो, यो विचार, संगठन र व्यवहारको संयोजन पनि हो ।

रणनीतिक प्राथमिकता आफ्नो पार्टीको शक्तिलाई अधिकतम बढाउने र प्रतिस्पर्धी पार्टीको शक्तिलाई न्यूनतम बनाउनुपर्छ ।

संगठनको तल्लो तहसम्म पुनर्संरचना र सशक्तीकरणको आवश्यक्ता पर्छ । स्थानीय, प्रदेश र केन्द्रमा सन्तुलित नेतृत्व विकास गर्नुपर्छ । प्रतिस्पर्धी पार्टीहरूसँग वैचारिक अन्तर स्पष्ट पार्ने नीति आवश्यक पर्छ । सदस्यता अभियानमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्छ । महिलाहरू, युवाहरू, जनजाति र अल्पसंख्यकहरूलाई रणनीतिक केन्द्रमा राख्ने दृष्टिकोण पनि आवश्यक पर्छ ।

३. योजना

योजना रणानीतिमा आधारित कार्यहरूको विस्तृत विवरण हो । कसले के गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने स्पष्ट प्रणाली आवश्यक पर्छ । नेपाली कांग्रेसले योजनाको माध्यमवार्ग संगठनको गति, निर्णय लिने प्रक्रिया र जनताको सेवामा देखिने परिणाम सुनिश्चित गर्नुपर्छ ।

योजना सम्बन्धी कदमहरू

– गाउँ, शहरदेखि केन्द्रसम्म कार्यकर्ताको भूमिका र जिम्मेवारी निर्धारण गर्ने ।
– संगठनको आन्तरिक संरचनाको पुनरावलोकन र सुधार गर्ने ।
– तालिम, विचार मंथन र नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने ।
– नियमित मूल्याङ्कन प्रणाली र पारदर्शी प्रतिवेदन संरचना गर्नुपर्छ ।

४. लक्ष्य

लक्ष्य भविष्यको कुनै परिकल्पना वा इच्छित परिणाम हो, जसलाई पार्टीले कल्पना गर्छ, योजना बनाउँदा प्राप्त गर्ने प्रतिवद्धता व्यक्त गर्छ । पार्टीले निश्चित समयसीमाभित्र उक्त लक्ष्य प्राप्त गर्न म्याद तोकेर प्रयास गर्छ । हाम्रो पार्टीको लक्ष्य हुनु पर्छ ।
नेपाली कांग्रेसलाई पुनः सशक्त पार्टी बनाउने बाटो सजिलो छैन । तर, असम्भव पनि होइन । स्पष्ट दूरदर्शिता, ठोस योजना र चातुर्यपूर्ण रणनीतिले पार्टीलाई नयाँ ऊर्जा, आत्मबल र जनसमर्थन दिनेछ । पुराना विरासतको सम्मान गर्दै, नयाँ पुस्ताको आव्हान समेट्दै अगाडि बढ्न सके नेपाली कांग्रेसफेरि एक पटक देशको नेतृत्व गर्न तयार हुनेछ ।

नेतृत्वको आवश्यकता र वर्तमान सन्दर्भ

जसरी महात्मा गान्धीले भनेझैं, आत्मविश्वास, साहस र दृढताले ईतिहाँस बनाउने नेता जन्मिन्छन् । जो केवल आजको समाधान होइन, भोलिको सम्भावना देख्छन् । हो नेपालको राजनीतिको मुख्य पात्र, आदरणीय पार्टी सभापति शेरबहादुर देउवा लामो राजनीतिक अनुभव, संकटमोचक शैली, सबैलाई मेलमिलाप गराई समेटेर अगाडि लान सक्ने क्षमता र दुरदर्शिता र रणनीतिकार र निरन्तर समर्पणका कारण उहाँको नेतृत्व अपरिहार्य र कोसेढुङ्गा साबित भएको छ ।

(बिक्रमसिंह थापा नेपाली कांग्रेस कपिलवस्तुका नेता हुन् । लुम्बिनी प्रदेशसभा निर्वाचनमा कपिलवस्तुमा थापा कांग्रेसकोतर्फबाट प्रतिस्पर्धी थिए)

Published : Monday, 2025 July 28, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया