इंग्ल्याण्डलाई वुमन्स युरोको उपाधि, सुटआउटमा स्पेन पराजित

लण्डन । इंग्ल्याण्डले स्पेनलाई ३–१ गोलले पेनाल्टी सुटआउटमा पराजित गर्दै आइतबार वुमन्स युरो २०२५ को उपाधि जितेको छ ।

डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्ड टाइब्रेकरमा ३–१ ले विजयी रहेको हो । इंग्ल्याण्डले लगातार दोस्रो पटक युरोको उपाधि जितेको छ । युरो २०२२ को फाइनलमा वेम्बलीमा ऐतिहासिक विजयी गोल गरेकी क्लोई केली फेरि एकपटक फेरि इंग्ल्याण्डको जितमा नायक बनिन् ।

बासेलमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । पेनाल्टी सुटआउटमा क्लोइ केलीले निर्णायक गोल गरिन् । स्पेन लगातार तीन पेनाल्टीमा गोल गर्न चुकेको थियो ।

स्पेनले लगातार तीन पेनाल्टी गुमाएपछि केलीले निर्णायक पेनाल्टीमा गोल गर्दै जित सुनिश्चित गरेका थिए । स्पेनका दुई पेनाल्टीलाई इंग्लिस गोलकिपर हन्ना ह्याम्पटनले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

यो पहिलो पटक हो जब कुनै इंग्ल्याण्डको टोलीले विदेशी भूमिमा प्रमुख उपाधि जितेको हो । उनको दुई फरक देशबाट लगातार तेस्रो युरोपेली उपाधि हो । यसअघि उनले सन् २०१७ मा नेदरल्याण्ड्सबाट उपाधि जितेकी थिइन् ।

नकआउट चरणका तीनवटै खेलमा पहिले गोल खाएको इंग्ल्याण्ड फाइनलमा पनि पछि पर्दा लगभग हारको संघारमा पुगेको देखिन्थ्यो ।

पहिलो हाफमा मारियोना काल्डेन्टेको हेडर गोलले स्पेनलाई खेलमा नियन्त्रण दिलाएको थियो । बैकल्पिक खेलाडीको रूपमा क्लोई केली मैदान प्रवेश गरेपछि खेलमा प्रभाव देखियो । केलीको उत्कृष्ट क्रसलाई एलेसिया रुसोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् ।

इंग्ल्यान्डले विदेशी भूमिमा कुनै पनि ठूलो उपाधि जितेको यो नै पहिलो पटक हो । इंग्ल्यान्डकी प्रशिक्षक सरिना वेघमनका लागि पनि यो ठूलो उपलब्धी रह्यो । उनले लगातार तेस्रो पल्ट फरक दुई टिमका लागि युरोपको उपाधि चुमिन् ।

Published : Monday, 2025 July 28, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया