नक्सालमा आईजीपी थापाद्वारा वृक्षारोपण, १४० फलफूलका विरुपा रोपियो

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा प्रहरी प्रधान कार्यालय, नक्साल परिसरमा वृक्षारोपण कार्यक्रममा सरिक भएका छन् ।

आइताबर आयोजित वृक्षारोपण कार्यक्रममा आईजीपी थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गरेका छन् ।

सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् ।

वृक्षारोपणका अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा, अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।

Published : Sunday, 2025 July 27, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया