झरूवारासीमा वाइबाको हत्या, पति मदनबहादुर पक्राउ

जावलाखेल । ललितपुरको गोदावरी नगरपालिका–१३ झरूवारासीमा २० वर्षीया डोल्मा वाइवाको हत्या भएको छ ।

डेरा गरी बस्ने मकवानपुर घर भएकी वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३० वर्षीय मदनबहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2025 July 26, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया