की रासायनिक मल दिनुस्, होइन भने सुरक्षाकर्मी लगाएर किसानलाई दुःख नदिनुस् : कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले किसानलाई रासायनिक मलको अभाव भइरहेका बेला प्रहरी प्रशासनबाट भइरहेको असहयोगप्रति असन्तुष्टि जनाएका छन् ।
पूर्वसांसद समेत रहेका कांग्रेस नेता शाहले सामाजिक सञ्जालमार्फत खेतीपातीको समयमा रासायनिक मल अभाव भइरहेका बेला भारतबाट किसानहरू ल्याइएको मल खोसेर दुःख दिएको भन्दै चिन्ता जनाएका हुन् । उनले किसानले आफ्नो प्रयोगका लागि ल्याउने २/४ बोरा रासायनिक मल खोसेर सुरक्षाकर्मीले के गर्न खोजेका हो भनेर प्रश्न उठाएका छन् ।
पूर्वसांसद शाहले सरकारले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने हो भने भारतबाट भन्सार छली गरेर २÷४ बोरा रासायनिक मल भित्र्याउने समस्या नहुने बताए ।
कांग्रेस नेता शाहले भने, ‘खेतीपातीको सिजनमा मल–खाद किसानका लागि अत्यन्तै आवश्यक वस्तु हो । त्यसैले यसप्रति प्रहरी प्रशासनले विशेष संवेदनशीलता देखाउँदै नियन्त्रणको नाममा किसानलाई दुःख नपुग्ने किसिमले व्यावहारिक कदम चाल्नु आवश्यक छ ।’
‘अन्यथा किसानहरू आफैं प्रतिकारमा उत्रिन बाध्य हुन सक्छन्, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ,’ कांग्रेस नेता शाहले चेतावनी दिएका छन् ।
खेतीपातीको समय शुरु भइसकेको छ । पर्याप्त वर्षत् पनि भएको छ । यो समयमा किसानहरूलाई रासायनिक मलको निकै खाँचो पर्छ ।
सरकारले उपलब्ध गराउने रासायनिक मल पर्याप्त छैन । यस्तो अवस्थामा किसानहरूले भारतबाट नेपालतर्फ भन्सार छली गरेर रायासायिक मल भित्र्याउँदा सुरक्षा निकायबाट निकै दुःख दिने कार्य भएकोप्रति नेता शाहले चिन्ता जनाएका हुन् ।
विशेष गरेर कपिलवस्तु जिल्लाबाट किसानहरूले आसपासका जिल्लाहरूमा २/४ बोरा रासायनिक मल भित्र्याउने गर्छन् । सुरक्षा निकायले ती किसानहरूलाई दुःख दिएर समस्या बनाएको गुनासा आइरहेका बेला कांग्रेस नेता शाहले किसानका पक्षमा आवाज उठाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया