कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताए ।
उनले अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताए ।
नेता सिटौलाले जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् ।
संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा कांग्रेस र वर्तमान सरकार गम्भीर रहेको सिटौलाले बताए ।
कांग्रेस नेता सिटौलाले मधेश प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
Published : Friday, 2025 July 25, 8:00 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया