नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन् : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘थाइ फ्लेभसर्् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै डा.राणाले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको बताइन् । उनले दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान तथा संहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरू रहेको बताइन् ।
पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै परराष्ट्रमन्त्री डा.राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् ।
नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको डा.राणाले बताइन् ।
उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी छिन् ।
नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
डा.राणाले प्रधानमन्त्री केपी ओलीद्वारा हालै गरिएको थाइल्याण्डको भ्रमण र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरू भएको बताइन् ।
सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि डा.राणाले बताएकी छिन् ।
नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया