ईश्वरपुरमा सशस्त्र प्रहरीद्वारा ठूलो मूल्य बराबरको सामग्रीहरू बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल, सीमा सुरक्षा बलले झण्डै १ करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल र भन्सार कार्यालय, सर्लाहीको संयुक्त टोलीले ईश्वरपुर नगरपालिका– २ लाईटरखोरबाट एक करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. २ लाईटरखोरस्थित श्री तुलसी पशुपालन फर्ममा अवैध रुपमा लुकाई–छिपाई राखेको १ करोड ५८ लाख ५९ हजारको मात्रामा लत्ताकपडा र चुरोट छापामारी गरी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले बताए ।

भन्सार अधिकृत धर्मेन्द्रकुमार सिंहका अनसार टोलीले प्लाटिनम एण्ड प्रिमियम ब्लेण्डेड ब्लू ३१ पोका कपडा र ७० कार्टुन चुरोट बरामद गरी भन्सार कार्यालय, मलंगवा, सर्लाहीमा दाखिला गरेको जनाएको छ ।

ढकालले पछिल्लो दुई महिनाको अवधिमा मात्रै १७ करोड १२ लाख ४६ हजार ४ सय ८६ रुपियाँ बराबरको अवैध सामान र १२८०.२१६ किलो गाँजा र ८२,९६६ पिस ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको बताए ।

Published : Friday, 2025 July 25, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया