कागेश्वोरी मनोहरा नगरभित्र तरुण दलको अधिवेशन सुरु
मनहरा । काठमाडौं क्षेत्र नं. २ अन्तर्गत नेपाल तरुण दल कागेश्वोरी मनोहरा नगर कार्यसमितिको अधिवेशन सुरु भएको छ ।
थलीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नगर अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बैठक बसेर अधिवेशन गर्ने निर्णय गरेको छ । नेपाल तरुण दल, काठमाडौं जिल्ला कार्यसमितिबाट प्राप्त ९० वटा पूर्णकालीन सदस्यता फाराम नगरपालिका अन्तर्गतको ६ वटा वडाभित्र तरुण दल इकाई अध्यक्षलाई बुझाइएको छ ।
अध्यक्ष थापाले नेपाल तरुण दल केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलको उपस्थितिमा फाराम वितरण गरेका छन् ।
पार्टीको इकाई कार्यसमितिसँग समन्वय गरि पूर्णकालीन फाराम बाड्ने छलफल भएको छ ।
यथाशीघ्र पूर्णकालीन फारम बाडेर कागेश्वोरी मनोहराको तरुण दल अधिवेशन सम्पन गर्ने निर्णय भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया