अपराध प्रहरीको टोलीद्वारा न्यौपानेलाई भिमान चोकबाट पक्राउ
काठमाडौं । गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपलिका–३१ नयाँबानेश्वर बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएका न्यौपानेलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरू माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको अभियोग न्यौपानेलाई लागेको छ ।
न्यौपानेविरुद्ध पीडितहरूले प्रहरीमा दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको समन्वयमा न्यौपानेलाई सिन्धुलीको भिमान चोकबाट पक्राउ गरेको हो ।
न्यौपानेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया