सुर्खेतका गुण्डा विनोद गिरी पक्राउ

वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गुण्डागर्दी तथा कुटपिट कार्यमा संलग्न ४० वर्षीय विनोद गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई साउन ४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गिरीले असार ३ गते साँझ ७ बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. १० स्थित भिडिज कर्णाली रिसोर्ट प्रा.लि.मा काम गर्ने कर्मचारीलाई खुकुरी, हात, मुक्काले कुटपिट गरि सख्त घाइते बनाइ फरार भएका थिए । गिरीलाई खोजी गर्ने क्रममा साउन ४ गते राति ८ बजे फेला पारी नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताएका छन् ।

गिरीविरुद्ध २०७० मंसिर २८ गते नगद तथा जिन्सी समेत लुटी लगेको डाँका चोरी मुद्दा चलेको थियो । गिरीले २०७० चैत २७ गते हेल्मेटले हानी ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका थिए ।

२०७१ असोज २६ गते गिरीले केही सार्वजनिक अपराधमा मुद्दा खेपेका थिए । उनले २०७१ चैत २७ गते ज्यान मार्ने उद्योगको मुद्दा पनि खेपेका थिए ।

२०७८ भदौ ११ गते धारिलो हतियार खुकुरी, तरवार र खुँडा समेतले प्रहार गरी हात काटी ज्यानमार्ने उद्योगमा मुद्दा चलेका गिरीविरुद्ध २०८० जेठ १० गते खुडा, नक रडले प्रहार गरी सख्त घाइते बनाइ ज्यानमार्ने उद्योगमा मुद्दा चलेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2025 July 23, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया