परराष्ट्रमन्त्री डा.राणासँग इजरायलका राजदूत बासद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत बासले भेट गरेर दुई मुलुकबीचको सम्बन्धका विषयमा परामर्श गरेका हुन् । भेटमा डा.राणाले राजदूत बाससँग इजरायलमा रहेका नेपालीहरूको चिन्ता र चासो गरेकी थिइन् ।
नेपाल–इजरायल सम्बन्धलाई सुदृढ पार्ने, कृषि, शिक्षा, प्रविधि र विकासमा सहयोग बढाउने र विश्वव्यापी चासोहरू लगायतका विभिन्न विषयहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Tuesday, 2025 July 22, 10:14 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया