नेपाली फिल्म ‘नाकछोङ’को बेलायतमा प्रदर्शन
लण्डन। नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘नाकछोङ’ (बिजुवा)को बेलायतमा विशेष प्रदर्शन गरिएको छ ।
‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानीय व्यवसायी, समाजसेवी, नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
चलचित्रका तर्फबाट निर्माता ज्योतिराज राई सहभागी थिए । अधिकांशले फिल्म मनपरेको प्रतिक्रिया दिएका छन् । कतिपयले कथा र फिल्म मेकिङ राम्रो भन्दे तारिफ गरेको निर्माता राईले बताए । फिल्म प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स आसफोर्डद्वारा गरिएको हो ।
फिल्म अब बेलायतमा रहेका किरात राई यायोक्खाको सत्र वटै प्राकासमा प्रर्दशन गरिनेछ । फिल्म युरोपको ५ स्थान र हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन फिक्स भैसकेको निर्माता राईको भनाई छ ।
फिल्ममा भुवनसिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदुङ राई ,ससिता राई रसा लिम्बू, मीसन बान्तावा राई, सागर केरुङ, बबिन राई र जेशन राई लगायतको अभिनय छ ।
फिल्म किरण राईले निर्देशन गरेका हुन् । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए । फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्व दिएका छन् ।
फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्मार्ता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतिराजले मिलेर तयार पारेका हुन् भने पास्र्व संगीत मोनीष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन् ।
निर्माता ज्योतिराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा, रीति भेसभुषामा आवश्यक बिजुवा (नकछोङ)को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।
फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन । फिल्म स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माता ज्योतिराजले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर लगायत फिल्मका साथै चर्चित टिभी सिरिजहरू पनि निर्माण गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया