एघार जना एसपीहरू एसएसपीमा बढुवामा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले ११ जना एसपीलाई एसएसपीमा बढुवा फिारिस गरेको छ ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले वरिष्ठ एसपीहरूलाई एसएसपीमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो पटक छुटेका वरिष्ठ एसपीहरूलाई एसएसपीमा क्रमशः बढुवा गरेर गृह प्रशासनले न्याय गरेको छ । एसएसपीको पद रिक्त भएको झण्डै ५ महिनापछि एसपीहरूलाई एसएसपीमा बढुवा सिफारिस भएको छ ।

एसपीबाट एसएसपीमा बढुवा हुनेहरूमा तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।

Published : Monday, 2025 July 21, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया