विमलेशको हत्या अभियोगमा २४ वर्षीया जुली झा पक्राउ
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २४ वर्षीया जुली झालाई हत्याको अभियोगमा पक्राउ गरेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा झा पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं. ७ बनौटाकी झालाई सोमबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
शनिबार राति विमलेशलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ ।
विमलेशको आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया