कांग्रेस नेता बस्नेतको पहलमा विपतमा पर्ने यात्रुलाई निःशुल्क खाना र यातायातको सुविधा
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विपतका बेला समस्यामा परेका नागरिकको उद्धारका लागि पूर्वतयारीको निर्णय भएको बताएका छन् ।
तातोपानी हुँदै काठमाडौंतर्फ जाने यात्रुलाई खाना र बासको व्यवस्था गर्ने निर्णय भएको पूर्वमन्त्री बस्नेतले बताए । असार २३ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेको थियो । बाढीले क्षति पुर्याएपछि तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्न लागेका यात्रुहरूको खाना र बस्ने जिम्मेवारी कसले लिने भनेर प्रश्न उठेपछि कांग्रेस नेता बस्नेतले ‘म जिम्मेवारी लिन्छु’ भनेका थिए । त्यसपछि बाह्रबिसे र भोटेकोशी गाउँपालिकाले खाना र बासको व्यवस्थाको जिम्मेवारी लिएका छन् ।
सीडीओ किरण थापाले रसुवा नाकामा रहेका यात्रुहरू तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्न लागेको जानकारी गराएका थिए ।
तातोपानीदेखि बाह्रबिसेसम्म २६ किलोमिटर सडक रहेको छ । त्यसमा ३ वटा बेलिब्रिज छन् । ती पुलहरूको क्षमता २८ टनको रहेको छ । ट्रक र कन्टेनरहरूले ४० टनसम्म लोड बोकेर बेलिब्रिजबाट आवागमन गर्दा पुल भाँच्चिने सम्भावना रहेको भन्दै सम्बन्धित निकायलाई भार वहनका विषयमा ध्यान दिन भनिएको छ । तातोपानी अध्यागनमा छिटो छरितो काम सम्पन्न गर्न र सेवा प्रदान गर्न ३ वटा लाइनको व्यवस्था तथा बाढीपहिरोले सडक अबरुद्ध भएमा सडक कार्यालयले तत्काल सडक खुलाउने निर्णय भएको पूर्वमन्त्री बस्नेतले बताए ।
रसुवाबाट आउने यात्रुलाई काठमाडौंसम्म पुग्न आवश्यक्ताअनुसार सवारी साधनको निःशुल्क व्यवस्था गरिएको बस्नेतले बताए । विपतमा समस्यामा परेका यात्रुलाई पूर्वीय अरनिको यातायात समितिले काठमाडौंसम्म निःशुल्क लैजाने प्रतिवद्धता जनाएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापा, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नेर्बु शेर्पा, सुरक्षा निकायका प्रमुखहरू, उद्योग वाणिज्य संघका अध्यक्ष बृद्धराज बस्नेत, तातोपानी अध्यागमन कार्यालयका प्रतिनिधि, सडक विभाग चरिकोटका प्रमुख, हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, ट्रक कन्टेनर व्यवसायी संघका प्रतिनिधि, पूर्वीय अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया