एमालेले विश्वास गरेर तत्कालीन समयमा प्रदेश प्रमुख बनाइएका झा बलत्कार प्रकरणमा पक्राउ

काठमाडौं । एमाले निकटका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतले झाविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । अनुमतिका आधारमा झालाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।

झालाई अदालतमा पेस गरेर ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिएका छन् ।

चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । झाविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले झालाई पक्राउ गरेको हो ।

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । झालाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशको प्रमुखमा नियुक्ति गरेका हुन् । झा एमाले निकट रहेर गतिविधि गर्दै आएका थिए ।

Published : Sunday, 2025 July 20, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया