उज्बेकिस्तानमा हुन लागेको सभात प्रतियोगितामा भाग लिन नेपाली टोली प्रस्थान

काठमाडौं । उज्बेकिस्तानको ताशकेंट शहरमा यही जुलाई २३ देखि २७ तारिखसम्म आयोजना हुन गैरहेको वर्ल्ड युथ सभात च्याम्पियनशिपमा भाग लिन नेपाल सभात एसोशिएसनका अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा तीन सदस्यीय टोली प्रस्थान गरेको छ ।

आइतबार उज्बेकिस्तानतर्फ प्रतियोगितामा नेपालका बसिल तोयेनाले ८०–८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

तोयेनले गत फेब्रुअरीमा भारतमा आयोजना भएको छैठौँ एशियन सभात प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

विश्व प्रतियोगिता पनि आफ्नो खेलाडीले पदक जित्नेमा आशावादी रहेको टीम कोच समेत रहेका लक्ष्मण बस्नेत बताएका छन् ।

विज्ञान अर्याल टीम मेनेजर रहेका छन् । सहभागी टोलीलाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, नेपाल सभातका महासचिव सिद्धि ब्यञ्जनकार, भक्तपुर जिल्ला खेलकुद विकाश समितिका पूर्व अध्यक्ष दिलीप केसी लगायतले बिदाइ गरेका छन् ।

Published : Sunday, 2025 July 20, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया