पूर्वराष्ट्रपति भण्डारीले राजनीति गर्छुभन्दा सदस्यता नवीकरण भएन : कांग्रेस नेता बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति गर्छु भन्दा एमालेले सदस्यता नवीकरण नगरेर निरंकुशता देखाएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतले भने, ‘अहिले विद्या भण्डारीजी पूर्वराष्ट्रपतिजी राजनीतिमा आउँछु भन्नुभयो । सदस्यता नवीकरण भएको छैन । त्यही नगरिदिने रे !’
‘हाम्रो पार्टीमा त्यस्तो हुन्छ ? जो जोले गाली गरेका छन् उनीहरूले ठूलो ठूलो पद खाइरहेका छन्,’ बस्नेतले भने ।
‘हाम्रो पार्टीमा सबै सोँच भएका मानिस बस्न सक्छन् । कम्युनिस्टहरूमा अलिकति विरोध हुँदा राजनीति छैन,’ कांग्रेस नेता बस्नेतले भने ।
‘हामीले अहिलेसम्म काम गरेर आएका छौँ । कम्युनिस्ट भनेका कुरा मात्रै गर्ने हुन् । कामकै परिणाम स्वरुप सिन्धुपाल्चोक जस्तो जिल्ला जहाँ दिउँसै कांग्रेसलाई सिला खोजे जस्तो गर्नुपर्ने थियो । अहिले यता हेर्यो कांग्रेस, उता हेर्यो कांग्रेस । त्यो पनि कस्तो कांग्रेस गठबन्धन गर्नुपर्छ भन्दा गठबन्धन नगरिकन चुनाव जितेर बर्चश्व कायम गर्ने कांग्रेस,’ बस्नेतले भने ।
‘कमजोर भएपछि गठबन्धन हुने हो । हुति नभएपछि गठबन्धन गर्ने हो । चुनाव हार्ने भएपछि गठबन्धन गर्ने हो,’ उनले भने ।
‘नेपाली कांग्रेस पार्टीमा आदरणीय सभापति शेरबहादुर देउवाज्यू र आदरणीय सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू । उहाँहरू कहिल्यै मिल्नु हुँदैन थियो । हाम्रो नेता सभापति शेरबहादुर देउवाज्यूले रामचन्द्रज्यूलाई राष्ट्रपति बनाइदिनु भयो । यो सबैलाई थाहा छ,’ नेता बस्नेतले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया