देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा पुनको मृत्यु

मसुरिया । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा ४३ वर्षीय खेमबहादुर पुनको मृत्यु भएको छ ।

शुक्रबार राति गढवा गाउँपालिका वडा नं. २ महादेवा पुलस्थित सडकमा गोबरडिहाबाट सिसहनियातर्फ जाँदै गरेको रा.२ प ६२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Published : Saturday, 2025 July 19, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया