बारामा केशवको घरमा प्रहरी छापा, ९ जनाको समूह पक्राउ
वीरगञ्ज । तास जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, बाराले ९ जना मानिसहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
शनिबार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ जानकी टोलस्थितमा केशव सुनुवारको घरमा प्रहरीले छापामारेर जुवा तास खेलिरहेको समूहलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जुवा तास खेलिरहेको भन्ने विशेष सूचना आधारमा इलाका प्रहरी कार्यालय, सिमराबाट प्रहरी निरीक्षक सुवाश साहको कमाण्डमा खटिएको प्रहरी टोलीले केशव सुनुवारसहितको समूहलाई पक्राउ गरेको जनाएको छ ।
खानतलासी गर्दा सोही घरको तेश्रो तल्लाको कोठामा जुवा तास खेलिरहेको अवस्थामा ९ जनाको साथबाट १ लाख ५४ हजार ६ सय ८० रुपियाँ नगद र तास बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष ३० को सुशन खाती सुनार, वडा नं. २ बस्ने वर्ष ४० का बलराम बिश्वकर्मा, वर्ष ५६ का सुमनकुमार भट्टराई, वर्ष ४१ का अभयकुमार श्रीवस्ताव, वर्ष ४१ का केशव सुनुवार रहेका छन् ।
वडा नं. २ बस्ने वर्ष ५२ का थहलबहादुर बिश्वकर्मा, वर्ष ५४ का शिवजीप्रसाद साह, वडा नं. १ का वर्ष ५१ का राजकुमार भट्टराई, वडा नं. २ का वर्ष ५९ का बलरामकुमार क्षेत्री रहेको बारा प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया