रौतहट तरुण दलको अधिवेशन गर्ने सहमति, साउन ११ देखि फारम वितरण
काठमाडौं । नेपाल तरुण दल, रौतहटको पूर्णकालीन फारमहरू साउन ११ गतेबाट बाड्ने सहमति बनेको छ ।
शुक्रबार ललितपुरमा बसेको नेपाली कांग्रेसले गठन गरेको नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको बैठकले साउन १० गतेदेखि क्रियाशील सदस्यताको फारम भर्ने निर्णय भएको तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बताए ।
बैठकमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाल तरुण दल, रौतहटका कार्यबाहक अध्यक्ष सोभित सिलवाल, तरुण दल केन्द्रीय सदस्य नौसाद आलम, तरुण दल जिल्ला सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
छलफलबाट नेपाल तरुण दलको पाँचौ महाधिवेशन अन्तर्गत रौतहट जिल्ला अधिवेशन सम्पन्न गर्न २०८२ साल साउन १० गते पार्टी नेतृत्वसँग समन्वय गरि नेपाल तरुण दल जिल्ला कार्यसमिति र जिल्लाबाट प्रतिनिधित्व गर्ने तरुण दल केन्द्रीय सदस्यको संयुक्त बैठक बसी २०८२ साल साउन ११ गतेदेखि जिल्लाको हरेक तहसम्म पूर्णकालीन फाराम बाढ्ने निर्णय भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया