कलंकी–नारायणगोपाल चोक–कोटेश्वरमा भइरहेको चक्रपथ विस्तार गल्ती नदोहोर्‍याउनु

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले चक्रपथ विस्तार गर्दा कहाँ ओभरपास वा अन्डरपास राख्ने भन्नेमा अहिल्यै स्पष्ट हुनुपर्ने बताए ।

एमालेका सांसद ठाकुर गैरेले नाराणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र भएको ढिलासुस्तीले सरकारको निकै आलोचना भएको बताए । उनले चक्रपथ स्तरोन्नति गर्दा त्यो प्रवृत्ति दोहोरिन दिन नहुने बताए ।

गैरेले चिनियाँ सरकारकै सहयोगअन्तर्गतको परियोजनामा बसुन्धरा क्षेत्रको तीन सय मिटर क्षेत्र समेट्न नसके सरकारले अरू स्रोत जुटाएर भए पनि पूरा गर्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले चिनियाँ कम्पनीले चक्रपथ विस्तारको काम सधैं होल्डमा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका नाममा विरोध गरेर सधैं नचल्ने बताए । साथै कुनै पनि कानुनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने उनले बताए ।

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताए ।

Published : Friday, 2025 July 18, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया